महोत्तरीमा डाँका समूहले लाखाैं रूपैयाँको धनमाल लुट्यो

बर्दिबास : महोत्तरीको भंगहा नगरपालिका-६ स्थित जमुनियामा गएराती १२ बजे डाँकाको एक समूहले गोली प्रहार गरि लाखाैंको धनमाल लुटेको छ । 

स्थानीय अर्जुन भुजेलको घरलार्इ धेरा हालेर डाँका समूहले झन्डै अाधा घण्टा लगाएर लुटपाट गरेको हो । लुटपाटपछि डाँकाहरूले भुजेल, उनकी श्रीमती अञ्जु, छोराहरू अमित र दिपेन्द्र तथा अाफन्त सुमन बुढाथोकीलार्इ समेत अाक्रमण गरि घार्इते बनार्इदिएका छन् ।

डाँकाहरूले घर लुटिरहँदा जमुनिया चोकमा खटिएका शसस्त्र र नेपाल प्रहरीले हतियार नभएको बताउँदै घटनास्थलमा जान नमानेको स्थानीयले बताएका छन् । उद्दारका लागि अाउँदै गरेका अाफन्तलार्इ पनि डाँका समूहले सुतली बम प्रहार गरि बाटैमा रोकेका थिए । 

डाँकाहरूले भुजेलको घरबाट करिब ७ लाख रूपैयाँ बराबरको गरगहना र धनमाल लुटेको पीडित परिवारले जानकारी दिएको छ । डाँकाहरूले अर्जुनकी श्रीमती अञ्जु र अामाले कानमा लगाएका गहना समेत लुटेर लगेका छन् । 

अहिले लुटपाटको घटनाबारे अनुसन्धान भर्इरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?