नेपालगञ्जका ‘सार्इबाबा’ले १५ बर्षीय किशोरीमाथि ४ महिनादेखि बलात्कार गर्दै अाएको खुलासा

बाँके : नेपालगञ्जको गणेशपुरमा गत ४ महिनादेखि १५ बर्षीय बालिकालार्इ बलात्कार गर्दै अाएको अारोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

अाफुलार्इ 'सार्इबाबा' बताउने करिब ४५ बर्षका ती व्यक्तिले बिरामी परेकी बालिकालार्इ निको पार्ने भन्दै बलात्कार गरिरहेको थाहा भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

पीडित बालिकाले पनि ती 'सार्इबाबा' ले अाफुलार्इ बलात्कार गर्दै अाएको प्रहरीलार्इ बयान दिएकी छिन् । अरूलार्इ भनेमा 'जे पनि हुने र गर्ने' धम्की दिँदै ती व्यक्तिले अाफुलार्इ बलात्कार गरेको बालिकाले बताएकी छिन् । 

बालिकाको योनीबाट अत्याधिक रक्तश्राव भएपछि बिहिबार दिउँसो बालिकाले अाफ्नीमा अामालार्इ झारफुक गर्ने नाममा 'सार्इबाबा'ले बलात्कार गरिरहेको बताएकी थिर्इन् । लगत्तै पीडित बालिकाका काकाले जिल्ला प्रहरी कार्यालयमा ती 'सार्इबाबा' बिरूद्द उजुरी दिएका थिए । 

उजुरी परेलगत्तै बलात्कारको अारोप लागेका 'सार्इबाबा'लार्इ प्रहरीले पक्राउ गरेको छ । अहिले सो व्यक्तिलार्इ पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?