अाज ३९ अाैं राष्ट्रिय शिक्षा दिवस, नारामा पनि ‘समाजवाद’

काठमाडौँ : अाज (शनिबार) देशभर ३९ अाैं राष्ट्रिय शिक्षा दिवस मनार्इँदैछ । 

कम्युनिष्ट बर्चश्वको सरकारले ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरेको छ । 

यो समितिले मुलुकका उत्कृष्ट विद्यालय र शिक्षासेवीलाई पुरस्कृत गर्ने र विभिन्न शङ्कायबाट उत्कृष्ट भर्इ उपाधि प्राप्त गरेका विद्यार्थीलाई विद्याभूषणबाट विभूषित कार्यक्रम राखेको छ । 

यो समितिले प्रदेश र स्थानीय सरकारलार्इ समेत विद्यालयमा रूख रोप्ने एवं सरसफार्इका कार्यक्रम गरि शिक्षा दिवस मनाउन निर्देशन दिएको छ । 

हाल नेपालमा ९७.२ प्रतिशत बालबालिका प्राथमिक तहमा भर्ना भएको सरकारको तथ्यांक छ । 

अाजै, ५२ अाैं अन्तरराष्ट्रिय साक्षरता दिवस पनि मनार्इँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?