अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको सत्यवतीमा दुर्घटना भएको प्रारम्भिक जानकारी

काठमाडाैं : गोरखाको सामागाउँबाट उडेर सम्पर्कविहिन भएको अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको सत्यवती (दार्खा र किन्ताङफेदीको बीचमा) दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

हेलिकोप्टरमा ६ जना यात्रु र एकजना क्याप्टेन रहेको त्रिभुवन अन्तररराष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । हालसम्म यात्रुको अवस्थाबारे यकिन जानकारी प्राप्त भएको छैन ।

सामागाउँबाट उडेको सो हेलिकोप्टर २५ मार्इल उडेपछि सम्पर्क विहिन भएको हो । 

सरकारी अधिकारीहरूले भने धादिङको रूबीभ्यालीमा अाकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना भएको हुनसक्ने अड्कल काटेका छन् । 

हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएपनि यकिन स्थान र यात्रुको अवस्थाबारे अन्तिम जानकारी अार्इसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?