एजेनसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजायको फैसला सुनाइएको छ ।
अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको बताएका ३१ वर्षीय जर्ज पापाडोपलसलाई जेल सजायको फैसला सुनाइएको हो ।
शुक्रवार सुनाइएको सजायअनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ ।
शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम गरेका थिए ।
एफबिआइले २०१७ जनवरीमा जर्जसँग सोधपुछ गर्दा उनले दुर्इ रसियनहरुलार्इ ट्रम्पको टोलीमा संलग्न हुनु भन्दा अघि भेटेको बताएका थिए। तर वास्तवमा उनले ती रसियन अधिकारीहरुलार्इ ट्रम्पको टोलीमा आइसेको पछि भेटेका थिए।
निर्वाचनका क्रममा रसियाको हस्तक्षेपका बारेमा पक्राउ पर्ने उनी ट्रम्पका पहिलो निकट सहयोगी थिए। पापाडोपउलोसलार्इ ९ हजार ५ सय अमेरिकी डलर र दुर्इ सय घण्टा सामाजिक कार्य गर्न पनि अदालतले भनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया