स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैनः सभापति देउवा

बुटवल । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । 

आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उनले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य भएको बताएका हुन् । 

सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह समेत गरेका छन् । 

कार्यक्रममा नेपाली काँङग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश नं–५ को राजधानी बुटवल बनाउन जुनसुकै कदम चाल्न आफू तयार भएको उल्लेख गर्दै कसैले पनि बुटवलको राजधानी सार्न नसक्ने उल्लेख गरे । 

पत्रकारितालाई कुण्ठित गर्न सरकारले नीति र योजना बनाएको आरोप लगाउँदै प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको उनको भनाई छ । 

सो अवसरमा प्रतिनिधिसभाका सदस्य भरत शाह, नेपाली काँङग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिम हमाललगायतले सरकारले सबै क्षेत्रमा कर लगाएर जनतालाई मारमा पारेको विचार व्यक्त गरे । 

सो अवसरमा वरिष्ठ पत्रकार बाँकेका पन्नालाल गुप्ता,लन टेनिश खेल प्रशिक्षक विकास खड्का, लोकगायिका मन छन्त्याललाई नगदसहित सम्मान गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?