काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो बहुचर्चित डिपोजिट प्रडक्ट ‘एन आई सी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’को अवधि एक महिना बढाएको छ । बैंकले शनिबार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्मका लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने यो प्रडक्टमा सहभागी हुने समयर्ला बढाएर साउन मसान्तसम्म कायम गरिएको जनाएको हो ।
व्यक्तिगत, संस्थागत एवम् रेमिटेन्स ग्राहकलक्षित यस योजनामा देश एवम् विदेशमा बस्ने नेपाली एवम् विभिन्न संस्थाहरूले अभूतपूर्वक सहभागिता र रुचि देखाएका समेत विज्ञप्तिमा दाबी गरिएको छ ।
यस योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन सकिनेछ भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जासमेत लिन सकिनेछ ।
यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनश्चिति गर्ने अतुलनयि फाइदाहरूसँगै सर्वाधकि उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकहरूको अत्यन्त उत्साहजनक सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया