काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् ।
बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिलगरेका दाहाल विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएका उनले पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनले एनआईसि एसिया बैंक र नबिल बैंकसँग आबद्ध भएर पनि काम गरी सकेका छन्।
बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया