१ सरकारले आयल निगमलाई ५९ करोड ८६ लाख ८० हजार अनुदान उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय, मेलम्ची आयोजनाका दुर्घटना पीडित परिवारलाई ५/५ लाख आर्थिक सहायता दिने ।
२ तीनदिने भारत भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए, भ्रमणमा भारतका विभिन्न राजनितिज्ञहरुसँग भेटवार्ता, भ्रमण अर्थपूर्ण भएको जिकिर ।
३ उपचार गर्न ठूला सहर र विदेश धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा राष्ट्रपति विद्या देवी भण्डारीको जोड, स्वदेशमा मेडिकल शिक्षाको प्रवर्द्धन गर्न अत्यावश्यक रहेको भनाइ ।
४ जसपा विवाद उत्कर्षमा पुग्यो, कारवाहीले बाबुरामको पार्टीको पद जाने, सांसद पद भने नजाने, पुनर्गठनको लफडा छाडेर नयाँ पार्टी गठन गर्दै भट्टराई ।
५ कालो धनलाई सेतो बनाउन गभर्नरमाथि प्रहार भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलको आरोप, गभर्नर बारे गलत होहल्ला फैलाइएको दाबी ।
६ एमसीसी अनुमोदन हुन नदिन प्रचण्डले ओलीलाई भेटेको नारायणकाजी श्रेष्ठको खुलासा, ओली र आफ्नो जवाफमा ताली बजाएको प्रति श्रेष्ठको गुनासो ।
७ अर्थतन्त्र ध्वस्त पार्ने गभर्नर चाहिदैन भन्दै कांग्रेस र माओवादी निकट विद्यार्थीको प्रदर्शन, प्रहरीको धरपकडमा परी केही प्रदर्शनकारी घाइते ।
८ नेपाली सेनाले ४३ वर्षदेखि विमान चार्टर गरेको भाडा उठाउन सकेन, बक्यौता रकम नै १ करोड ८९ लाखबढी ।
९ विपद्का घटनामा परी तीन महिनामा १२३ जनाको मृत्यु, ६९ करोड बराबारको आर्थिक क्षति ।
१० आज साउन १ गते अर्थात साउने ९कर्कट० सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँयो ।
११ आर्थिक वर्ष २०७९र८० को पहिलो दिन सेयर बजार सकारात्मक, १ अर्ब २३ करोडको सेयर कारोबार ।
१२ नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ४१ परिक्षणमा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, ५९ जना संक्रमण मुक्त हुँदा एक जनाको मृत्यु ।
१३ अमेरिकी तल्लो सदनबाट गर्भपतनको पहुँच सुरक्षा गर्ने सम्बन्धी विद्येक पारित, अब अमेरिकाका विभिन्न राज्यहरुमा गर्भपतन गर्न प्रतिबन्ध ।
१४ क्यानको बारेमा अनुचित बोल्दा सांसदकै कद घटेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको दाबी, नेपाल टी–२० लिग र खेलाडी र क्यानदेखि सबैको हीतमा भएको भनाइ ।
१५ चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद ९एसियन गेम्स० को तयारी अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षण सम्पन्न, दोस्रो चरणको प्रशिक्षणको मिति अझै टुंगो लागेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया