पूर्णचन्द्र थापा अाजदेखि नेपालको ४३ अाैं प्रधानसेनापति

काठमाडाैं : अाजदेखि पूर्णचन्द्र थापाले ३ अाैं प्रधानसेनापतिका रूपमा नेपाली सेनाको कमाण्ड सम्हाल्दैछन् । 

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पदावधि समाप्त भएपछि थापा साउन २४ गतेदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा थिए । 

थापालार्इ प्रधानसेनापतिका रूपमा अाज राष्ट्रपति विद्यादेवी भण्डारीले दर्ज्यानी चिन्ह प्रदान गर्नेछिन्र । थापालार्इ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्न अाज राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह अायोजना गरिँदैछ । 

दर्ज्यानी चिन्ह पाएलगत्तै प्रधानसेनापति थापाले सैनिक मूख्यालय जंगीअड्डा पुगि नेपालको ४३ अाैं प्रधानसेनापतिका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

यसअघिका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले साउन २४ गतेदेखि नै बिदा लिएपनि अाजदेखि अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?