एजेन्सी : स्मार्टफोन र इन्टरनेटको प्रयोग गरी सम्पत्ति र सूचना चोर्ने चोरहरूको सेना विश्वका साना ठूला देशले बनाएको पाइएको छ ।
सूचना प्रविधिको उन्नत विकास भएको र तिनको प्रयोग बढी हुने देशमा ह्याकरहरूले व्यक्तिको सम्पत्ति र सूचना गर्ने गरेको र यो देशहरूको सुरक्षामा चुनौती थपि दिएको छ ।
अगस्ट महिनामा अमेरिकाको लस भेगासमा ह्याकरहरूको मेलाको आयोजना गरिन्छ । यो वर्ष पनि गरियो ।
यसमा साइबर एक्सपर्ट मात्रै नभएर हरेक उमेरका साइबार जानकारहरूले ह्याकरहरूको दिमाग कसरी काम गर्ने गरेको र उनीहरूले ठूला साना चोरीको योजना कसरी कार्यान्वययन गर्छ त्यसको प्रदर्शनी गरे ।
लस भेगासमा ह्याकर मेला लागि रहेका बेला ह्यकरहरूले एक भारतीय बैंकमा साइबर आक्रमण गरी करिब ३ करोड डलरको चोरी गरे ।
रकम मात्रै चोर्ने काम साइबर आक्रमणकारीको हुँदैन् उनीहरूले देशको सुरक्षासँग सम्बन्धित गोप्य दस्तावेज र योजनाहरूको चोरी गर्ने गरेका छन् ।
भारतमा मात्रै होइन यस्ता आक्रमण कतै न कतै भइरहन्छ ।
१९९०को दशकमा सोभियत संघको विगठन पछि रूसमा यस्ता साइबर एक्सपर्ट बेरोजगार हुन पुगे ।
बेरोजगार हुन पुगेका इलेक्ट्रनिक्स इन्जिनियर र गणितज्ञहरूले रोजीको जोहो गर्न इन्टरनेटको अध्ययन गर्न थाले ।
त्यतिखेर साइबर अट्याकसम्बन्धी संवेदनशीलता इन्टरनेटको क्षेत्रमा त्यति थिएन् ।
यस्ता रूसी एक्पर्टले ह्याकिंगको साम्राज्य वा प्रविधि चोरको दुनियाँको शिलान्यास गरेको अध्ययनबाट थाहा भएको छ ।
रूसी ह्याकरहरूले बैंक , वित्तीय संस्थान, अन्य देशका सरकारी वेब साइटलाई आफ्नो आक्रमणको निशाना बनाउन थाले ।
सफलताका कथाहरूलाई अखबार र पत्रिकामा बताउन थाले । त्यतिखेर ह्याकरहरूले आफूलाई हीरो ठान्थे ।
ह्याकर्स नामको पत्रिका छापिने गरेको रूसका खोजी पत्रकार आन्द्रेइ शोस्निकाफले जनाए ।
रूसको गुप्तचर नियोग एफएसबीलाई यी ह्याकरहरूको बारेमा जानकारी थियो ।
त्यहाँको सरकारले यस्ता ह्याकरको प्रयोग गरी फाइदा लिने चाहेको थियो ।
२००७मा रूसी ह्याकरहरूले छिमेकी देश एस्टोनियामा एक ठूलो साइबर आक्रमण गरे ।
रूसी सरकारको निर्देशनमा गरिएको आक्रमणबाट उनीहरूले सयौं वेबसाइट ह्याक गरे ।
अर्को वर्ष उनीहरूले जर्जियामा साइबर आक्रमण गरेर त्यहाँको सरकारी वेबसाइटलाई ध्वस्त पारे ।
पत्रकार आन्द्रेइका अनुसार २००८मा जर्जियमा गरिएको साइबर आक्रमण रूसको सरकारी ह्याकरहरूले गरेका थिए ।
उनीहरू रूसी गुप्तचर नियोगका कर्मचारी थिए ।
स्वतन्त्र ह्यारकरहरूले धेरै विश्वासिला हुन नसक्ने देखेर रूसी सरकारले आफ्नो ह्यकर सेना तयार गर्ने योजना अन्तर्गत यो हमला गरियो ।
अहिले रूसमा ह्याकरहरूको सबैभन्दा ठूलो र शक्तिशाली सेना छ ।
अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गरेको, ह्वाइट हाउसको कार्यालयमा साइबार आक्रमण गरेको, नेटो र पश्चिमी देशका मिडिया नेटवर्कमा रूसी ह्याकरहरूले आक्रमण गरेको आरोप छ ।
फ्यान्सी बियर नामको ह्याकर समूहलाई रूसको गुप्तचर नियोगले सञ्चालन गरिरहेको र रूसी ह्याकरहरूबाट गरिएका साइबर आक्रमणमा यसको नाम मुछिने गरेको छ ।
रूसी ह्याकरहरूको आक्रमणबाट रूस आफू साइबरको दुनियाको सम्राट भएको दर्शाउन चाहेको पत्रका आन्द्रेइको बुझाइ छ ।
९०को दशकमा हलिउड फिल्म म्याट्रिक्सबाट प्रभावित भएर जुन इन्जिनियरहरूले ह्याकिंगको शिलान्यास गरेका थिए त्यो अहिले विस्तार र समृद्ध भइरहेको छ ।
ह्याकरको यो खेलमा रूस एक्लो नभएर कतिपय अन्य देश सामेल रहेका छन् ।
इरानले पनि ह्याकरको सेना बनाएको छ ।१९९०को दशकमा इन्टरनेट आएलगत्तै इरानले पनि साइबार आक्रमणको तयारी शुरू गरेको थियो ।
इरानको सरकारले ह्याकरको उपयोग सरकारको विरोधमा आवाज उठाउनेहरूका लागि गर्ने गरेको देखिएको छ ।
२००९मा इरानको सरकार विरोधी गतिविधि तीव्र हुँदा ह्याकरको प्रयोग गरी यो आन्दोलन गराउने व्यक्तिहरूको पहिचान गरिएको थियो र आन्दोलन निस्तेज पारिएको थियो ।
जानकारका अनुसार यहाँको ह्याकर सेना त्यहाँको सेना रिभल्युशनरी गार्डसले सञ्चालन गरिरहेको छ ।
अमेरिकी थिंक ट्यांक कार्नेगी एन्डोमेन्टका लागि काम गर्ने करिमले जनाए अनुसार इरान तेस्रो साइबार शक्ति भएको देश हो ।
अमेरिका, रूस, चीन र इजरायल साइबर शक्तिको मामिलामा पहिलो स्थानमा छन् । युरोपेली देश साइबर सेनामा दोस्रो नम्बरमा छन् ।
अमेरिका र इजरालले इरानमाथि सदैव साइबार आक्रमण गरिरहन्छन् ।
२०१२मा इरानको तेल उद्योगको डेटा चोरीमा अमेरिका र इजरायलको हात भएको आंशका गरिएको थियो ।
यो आक्रमणको तीन महिनपछि इरानले साउदी अरबमा साइबर आक्रमण ग¥यो । त्यहाँका ३० हजार कम्प्युटरको डेटा चो-यो ।
ह्याकरले कतै सरकारका लागि काम गर्छन भने कतै सरकारको विरोधमा काम गर्छन् ।
उत्तर कोरियामा ह्याकिंग सेना पूर्णरूपमा सरकारी रहेको छ। उत्तर कोरियाले ह्यकारहरूको सञ्चालन सेनाले गर्छ ।
१३–१४ वर्ष उमेरका बालबालिकाहरूलाई ह्याकिंगको तालिम दिने गरिन्छ ।
प्रतिभाशाली बालबालिकाहरूलाई विद्यालयबाट छनौट गरी यस्तो तालिम दिएर गुप्तचर सेनामा सामेल गरिन्छ ।
गणित र इन्जिनियरिंगमा मेघावी छात्रछात्राहरूलौ सफ्टवेयर इन्जिनियरिंगको तालिम दिइन्छ ।
कागजको किबोर्डमा अभ्यास गराइ उत्कृष्ट हुनेलाई कम्प्युटर दिने गरिन्छ ।
उत्तर कोरियाले चीन र अन्य एसियाली देशमा आइटीको पढाइ गर्न पठाउने गरेको छ ।
उत्तर कोरियाली ह्याकरहरूले ९० हजार देखि १ लाख अमेरिकी डलरसम्म शुल्क लिएर स्वतन्त्र ह्याकिंग गर्ने गरेका छन् ।
उनीहरूले ह्याकिंग गरी आफ्नो देशका लागि रकम जम्मा गरिरहेका छन् ।
जानकारहरूका अनुसार २–३ हजार उत्तर कोरियालीले स्वतत्त्र ह्याकिंगको काम गर्ने गरेका छन् ।
उनीहरूले क्रेडिट कार्ड , बैंक खातामा आक्रमण गरी सम्पत्ति चोर्नेकाम गराउँछन् ।
उत्तर कोरियाली ह्याकरले ल्याटिन अमेरिकी देशदेखि इक्वेडरसम्मका बैंकबाट रकम चोरी गरेका छन् ।
साइबर आक्रमण बढेपछि अब साइबर सिक्युरिटीको व्यवस्था पनि हुन थालेको छ ।
साइबर सिक्युरिटी विज्ञका अनुसार अब उनीहरूको आक्रमण क्रिप्टोकरेन्सीमा सोझिएको छ ।
अहिलेको दुनियामा साइबर अपराध वा ह्याकिंग एक ठूलो कारोबार बन्न पुगेको हो ।
साइबर करेन्सी बिटक्वाइनको खाता राख्नेहरूको खाता ह्याकरहरूले चोरी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया