बेगनास ताल डुंगा दुर्घटना : बेपत्ताको खोजी कार्य जारी

कास्की : पोखरास्थित बेगनास तालमा शनिबार भएको डुंगा दुर्घटनामा डुबेर हरार्इरहेका ५ जनाको खोजी कार्य जारी जारी रहेको छ । करिब १० जना चढेको डुंगा शनिबार मध्यान्ह १२ बजे बेगनास तालमा डुबेको थियो ।

कास्की प्रहरीले बिहान ७ बजेदेखि नै तालमा हरार्इरहेकाहरूको खोजी कार्य जारी राखेको जानकारी दिएको छ ।

बेगनास तालमा हराइरहेकाहरुको खोजी गर्न शनिबार दिउसोदेखि नै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोरको टोली खटिर्इरहेको छ ।

तीज पर्वका अवसरमा अाफन्तकहाँ दर खान गएकाहरू चढेको डुंगाबाट एक बच्चा तालमा खसेपछि अनियन्त्रित भर्इ डुंगा नै तालभित्र डुबेको थियो । 

५ जना भारबहन भएको डुंगामा बालबालिकासहित क्षमताभन्दा दोब्बर संख्यामा यात्रु चढेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । 

हालसम्म प्रहरीले ३ जनाको उद्दार गरेको छ । पोखरा-३१ बेगनासगाउँका ५५ बर्षीय कमलराज कँडेल, सपना खनाल र निशा पाैडेललार्इ प्रहरीले उद्दार गरेको हो । कमलराजको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

सपनाका श्रीमान शिव र दुर्इ छोराहरू बेपत्ता भएका छन् । यस्तै, नवराज पाैडेलका ८ बर्षीय छोरा प्राचिन पाैडेल पनि बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?