बाबाको सम्झनामा……!

बुद्धको आँखा सत्य जगत थिए मेरा पिता ! 
नसा नसा बग्ने शुद्ध रगत थिए मेरा पिता !! 
शत्रु अघि डराउन्थे शाहसी छोरा थिए उनी, 
ज्ञान दिने तागतिलो गहत थिए मेरा पिता !

"पिताजीको संझनामा ……. ……… !

मेरा पिताजी हुदा बत्ती नबाले पनि 
घर उज्यालो हुन्थ्यो 
चुलो नजले पनि भोक मेटिन्थ्यो !
गोठमा गोरु कराउथे 
भैंसी ले बाल्टिन भरी दुध दिन्थ्यो, 
गाउका काकाहरु आउनु हुन्थ्यो 
खेती पाती गफ सुनिन्थ्यो, 
भजन किर्तन सुनिन्थो,
खै अहिले पिताजी भए पो त !

जब म सानो थिए
मलाई हावामा उडाउँदै
मेरा पिताजी भन्नु हुन्थ्यो ,
छोरा हावामा उड्छ 
र पनि म फुल्लीन्थेँ, 
रुन छोड्थे,
र मेरो अनुहारको मुस्कानका लागी आमालाइ नाच्न भन्नुहुन्थ्यो, 
आमा सकि नसकि लाजाउदै नाच्नु हुन्थो,
खै ! अहिले पिताजी भए पो त !

पिताजीको कांधमा चढेर 
गाई गोरु बनमा चराउदै,
पिताजीको हात समाउदै ताते ताते गर्दै, 
झोला भिरेर स्कुलको ढोका सम्म पुर्याउनु हुन्थो, 
हुर्किए म मेरा बाल्यकाल खुशी खुशीमा !
खै अहिले पिताजीको भए पो त !

जब म सानो थिएँ,
मेरो बाबु भन्दै
मलार्इ घाँसको भारी माथी राखेर, 
भन्ने गर्नुहुन्थ्यो
"जब तँ ठूलो हुनेछस्, यो भारी आधा हुनेछ" ! 
तर उहाँको
भाग्य मात्र आधा बन्यो
नत नाम्लोको बोझ घट्यो
न त मेरो तौलनै
तर पनि त्यो भारी आधा हुनै पाएन !
खै ! अहिले पिताजीको भए पो त !

पिताजी हुनुहुन्थ्यो 
दसैं आउथ्यो रमाइलो हुन्थ्यो, 
घरभरी पाहुना आउथे आशिर्बाद लिन्थे, जान्थे तिहार आउथ्यो फुपुहरु सोली भरी रोटी बोकेर आउथे !
खै ! अहिले पिताजीको भए पो त !

पिताजीको हुनुहुन्थ्यो ,
पैसा को जोहो हुन्थ्यो, 
कलेज पढ्न जानलाई , 
हुन्थ्यो सोध्नु हुन्थ्यो कस्तो छ तलाई पढाई कस्तो छ? 
राम्रो पढ्नु पैसाको चिन्ता नगर्नु, 
गाउँ फर्किदा बिदामा घर जांदा नि फलानाको छोरो आयो भन्थे !
खै! अहिले पिताजीको भए पो त !

घर भित्र पस्दा
पिताजी भन्थें, 
आमाले बाउँ छोरालाई चिया दिनु हुन्थ्यो 
गफ हुन्थे दु:ख सुखका, 
ब्यवहारका,
सायद ब्यावहारिक हुन त्यही बाट सिके,
आमा छेउमै बसी सुन्नु हुन्थ्यो हामी दुई लाई !

भैंसी कराउथ्यो 
गोठबाट पिताजी घाँस हाल्न जानु हुन्थ्यो, 
आमा बुहारी ल्या भन्नु हुन्थ्यो नाती नातिनीको रहर आँखामा झल्किन्थे, 
बाबु !! यो गोरु हेर त 
खेत रोप्ला त यसपाली 
मलाई सोध्नुहुन्थ्यो !
खै अहिले पिताजी भए पो त !

आज ! 
पिताजी हुनु हुन्न सोह्र बर्ष लाग्यो,
घरै अध्यारो लाग्छ, 
गाउँ नै सुनसान लाग्छ, 
गोठका बस्तु कराउदा 
रुन मन लाग्छ ,
आमालाई हेर्दा झन मन भकानिन्छु,
तर पनि सम्हाल्छु आफुलाई, 
आखिर ! दुनियाँको रित बिधिको बिधान मान्नै पर्ने तस्बिर हेरेर आशु चुहाउदै स्खलित हुन्छु, 
पिताजीसँग बिताएका ति पलहरु अनि 
मन बुझाउछु आँफैले 
जन्मिए यस धर्तिमा 
खै !अहिले पिताजीको भए पो त !

संझेर रुन पाएको छु, 
सारा परिवारको जिम्मेवारी बहन गर्न पाएको छु ! 
आखिर ! मेरा बुवा हुनुहुन्थ्यो र पो त ? 
सबै थियो आज मात्र संझना ।
"पितृदेवो भव:"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?