चन्द्रागिरीमा साइकल र्‍याली

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा पर्यटन विकास गर्ने उद्देश्यले साइकल र्‍याली आयोजना गरिएको छ । 

चन्द्रागिरी पर्यटन विकास समितिको आयोजनामा भएको र्‍यालीमा करिब ५ सय साइकल यात्री सहभागी भएको समितिका उपाध्यक्ष सुन्दर थापा क्षत्रीले जानकारी दिए । 

पुरानो नैकापको फुटबल मैदानबाट शुरु भएको साइकल र्‍याली १५ वटै वडाको परीक्रमा गरी पुनः फुटबल मैदानमै पुगेर सम्पन्न भएको थियो । साइकल र्‍यालीको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका थिए ।

नगरपालिकाको १५ वटै वडामा पर्यटन विकास र यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको प्रचार प्रसार गर्ने उद्देश्यले साइकल र्‍याली सञ्चालन गरिएको उपाध्यक्ष थापाले बताए । उनले हरेक वर्ष साइकल र्‍यालीलाई सञ्चालन गरिने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?