‘कृष ४’ का लागि ऋतिकले छोडे बिग बजेटको सुपरहिरो फिल्म

मुम्बई – बलिउडका चर्चित हिरो ऋतिक रोशनको छिट्टै नै ‘सुपर ३०’ आउँदैछ । यो फिल्ममा उनको लूक बिल्कुलै फरक छ । फिल्ममा उनी गणितज्ञ आनन्द कुमारको भूमिका निभाउँछन् । यसै पनि ऋतिक निकै कम फिल्म खेल्ने अभिनेतामा गनिन्छन् ।

हालै आएर उनले एक ठूलो बजेटको फिल्म छोडेका छन् ।

वरुण धावनका भाई डेविन धावनका छोरा रोहित धावनले नयाँ फिल्म बनाउने प्लान गरिरहेका छन् । यो ठूलो बजेटको सुपरहिरोको फिल्म हे । ‘कृष’ सिरिजमा ऋतिकलाई दर्शकले रुचाउने गर्छन् । यसै कारण रोहितका लागि ऋतिक रोशन पहिलो रोजाइ थिए ।

यो फिल्म ऋतिकलाई अफर गरियो । तर ऋतिकले फिल्ममा काम गर्न इन्कार गरिदिएका छन् । हुनसक्छ कि, यसको कारण आफ्नो फ्रेन्चाइज फिल्मबाहेक अरुमा सुपरहिरोको भूमिकामा देखिन ऋतिक नचाएका हुन् । किनकि, यति ठूलो फिल्म रिजेक्ट गर्न कुनै कलाकारका लागि पनि सामान्य कुरा होइन । ऋतिक आफ्नो फिल्म कृष सिरिजका लागि क्रेज बनाइराख्न चाहन्छन् ।

ऋतिक र राकेश रोशन छिट्टै नै फिल्म ‘कृष ४’ मा काम गर्दैछन् । यसै कारणले पनि ऋतिक रोशनले रोहितको फिल्ममा काम नगर्ने मनशाय बनाएको भारतीय मिडियाले लेखेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?