६ तस्वीरमा हेर्नुहोस् प्रधानसेनापति थापाको सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । 

आइतबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति थापालाई दजर््यानी चिह्न प्रदान गरेकी हुन् । सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागीता थियो ।

थापालाई गत साउन १० गतेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गतेबाट अवकाश पाउने भएपछि एक महिनाअघि नै बिदा बसेका थिए । बिदा बस्नुअघि क्षेत्रीले थापालाई कार्यभार हस्तान्तरण गरेका थिए ।

प्रधानमसेनापति थापाले आजै सैनिक मुख्यालय जंगी अड्डा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?