बिम्सटेको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने

काठमाडौं । सोमबारदेखि भारतको पुणेमा शुरु हुने संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ । 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको हो । 

यसअघि पाँच जना अधिकृतसहित ३० जनाको टोली संयुक्त सैन्य अभ्यासका लागि भारतको पुणे जाने तय गरेका थिए । 

काठमाडौंमा यही भदौ १४ र १५ गते भएको बिम्सटेकको चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्सटेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए ।

संयुक्त सैन्य अभ्यासबारे संसदमा प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो सैन्य अभ्यास नभई तालिम भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले संयुक्त सैन्य अभ्यासबारे बिम्सटेकको काठमाडौं घोषणापत्रमा उल्लेख नभएको बताए ।

यसैबीच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असोज १ गतेदेखि सैन्य अभ्यास हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?