१ नागरिकतासहितका विधेयक संसदमा पेश गर्ने सभामुख अग्निप्रसाद सापकोटाको तयारी, संसदको आयु अब केहि महिना मात्र बाँकी ।
२ मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताकासाथ अघि बढाउन प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशन, कुप्रचारको निर्मुल गर्न सम्बन्धित सबैमा देउवाको ध्यानाकर्षण ।
३ भारतबाट फर्किएपछि प्रचण्डले गरे गृहमन्त्री खाँण र कानुनमन्त्री शर्मासँग भेटवार्ता, नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल ।
४ एआईजी विश्वराज पोखरेलले दिए राजीनामा, आईजीपी नियुक्तविरुद्धको मुद्दामा सर्वोच्चले रिट खारेज गरेसँगै पोखरेलको राजीनामा ।
५ पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्नुपर्नेमा पर्यटनमन्त्री जीवनराम श्रेठको जोड, पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो ।
६ आगामी दुई वर्षमा भूमिसँग सम्बन्धि सबै समस्या समाधान हुने भूमिमन्त्री शशी श्रेष्ठको दाबी, सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोककल्याण्कारी राज्य स्थापना गर्ने आस्वासन ।
७ राज्यले तीन बुँदे सहमति कार्यान्वयन नगरेको प्रति विप्लवको आक्रोश, अझै आफ्ना ४० जनाभन्दा बढी कार्यकर्ता जेलमा रहेकाले राज्यलाई इमानदारिताका साथ सहमति कार्यान्वयन गर्न आग्रह ।
८ प्रचण्डको भारत भ्रमणप्रति एमाले नेता गोकुल बास्कोटाले गरे कटाक्ष, तालिका गडबड हुनु खासमा अपमान नभएको भन्दै व्याङ्गय ।
बास्कोटाको कटाक्ष
९ आजबाट ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाको दोस्रो डोज लगाइँदै, खोप नजिकको विद्यालयमा तय गरिएका खोप केन्द्रबाट लगाउन सकिने ।
१० आज साउनको पहिलो सोमबार, देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड, भगवान शिवको पूजा आरधना गरी मनाइयो ।
११ नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ६५१ परीक्षणमा थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, ४८ जना संक्रमणमुक्त, एक जनाको मृत्यु ।
१२ सेयर बजारमा सुधारको संकेत, लगातार छैटौं दिन बढ्यो नेप्से, सोमबार परिसूचक १८ अंकले बढेर २०२९ बिन्दुमा उक्लियो ।
१३ भारतमा नयाँ राष्ट्रपतिको लागि आज निर्वाचन, आगामी बिहीबार परिणम घोषणा भएसँगै भारतले नयाँ राष्ट्रपति पाउने ।
१४ अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक अस्वस्थ भएपछि एन्फा बैठक स्थगित, अर्को बैठकको लागि सूचना निकालिने एन्फा महासचिव किरण राईद्वारा जानकारी ।
१५ साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टिम घोषणा, फरवार्डमा दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गीको नाम ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया