एनआईसी एसियाको सफलता : राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान, वाणिज्य बैंकहरुमध्ये सर्वाधिक कर बुझायो

लोकपथ
84
Shares

काठमाडौं । सिंगो मुलुलकको समग्र आर्थिक बिकासमा एनआईसी एसिया बैंकको योगदान उच्च देखिएको छ । उक्त बैंकले मुलुकको विकास र समृद्धिका खातिर एक बर्षमा दाखिला गरेको करले पनि एनआईसी एसियाको योगदान उच्च देखिएको हो ।

अर्थमन्त्रालय श्रोतका अनुसार एनआईसी एसिया सञ्चालमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा बढी कर तिने एक नम्वरको बैंक बनेको छ । बैंकले आर्थिक बर्ष २०७८-०७९ मा तीन अर्ब ४१ करोड रुपैयाँ कर दाखिला गरेको छ । नबिल बैंक भने गत आर्थिक वर्षमा तीन अर्ब ३२ करोड रुपैयाँ कर दाखिला गरेको आधारमा वाणिज्य बैंकतर्फ बढी कर तिर्ने दोस्रो ठुलो बैंक बनेको छ ।

ग्लोबल आईएमई बैंकले पनि गत आर्थिक वर्षमा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको छ । जसअनुसार ग्लोवल आईएमई बढी कर तिर्ने तेस्रो ठुलो बैंक बनेको छ । सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षमा दुई अर्ब ७७ करोड रुपैयाँ कर बुझाएको आधारमा बढी कर तिर्ने चौंथो ठुलो बैंक बनेको छ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले पनि गत आवमा दुई अर्ब ६५ करोड रुपैंयाँ कर दाखिला गरेको छ । सो अनुसार उक्त बैंक वाणिज्य बैंकहरु तर्फ बढी कर बुझाउने पाँचौँ ठुलो बैंक बनेको छ ।

क्षेत्रगतरुपमा सबैभन्दा बढी कर तिर्नेहरुमा भने पहिलो नम्बरमा सुर्य नेपाल प्राली, दोस्रोमा नेपाल दुर सञ्चार कम्पनी लिमिटेड, तेस्रोमा (आजियटा) एनसेल, चौंथोमा गोर्खाज ब्रुअरी प्राली, पाँचौँमा नेपाल विद्युत प्राधिकरण परेको छ । यी कम्पनीहरुले क्रमश : १० अर्ब ७२ करोड, ९ अर्ब ८२ करोड, सात अर्ब ७९ करोड, पाँच अर्ब ६९ करोड र तीन अर्ब ९५ करोड रुपैयाँ कर दाखिला गरेका छन् ।

यसपछि भने सबैभन्दा बढी कर तिर्नेहरुमा एनआईसी एसिया, नबिल, ग्लोवल आईएमई बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंक क्रमश : छैटौं, सातौँ, आठौँ, नवौँ र १० स्थानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?