काठमाडौं । नेपाली सेयर बजार लयमा फर्कन थालेको छ । गत मंगलबारदेखि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको हो । लामो समयदेखि घटेको बजार बढेसँगै लगानीकर्ताहरुलाई राहत मिलेको छ ।
आज मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ बिन्दुमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि २.८० अंकले बढेर ३९१.५६ बिन्दुमा पुगेको छ ।
आज १४६ कम्पनीको सेयर मूल्य बढेको छ, भने २९ कम्पनीको सेयर मूल्य घटेको छ । शिवम सिमेन्टको सर्वाधिक १५ करोड ९७ लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबार अवधिभर २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता सेयर २ अर्ब २९ करोड ९३ हजार १६ हजार ३२६ रुपैयाँमा किनबेच भएको छ ।
यसदिन १३ वटै सूचकमा हरियाली छाएको छ । मंगलबार इमर्जिङ नेपाल लिमिटेड, गणपति लघुवित्त, ग्रीन भेन्चर्स, आईसिएफसी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया