एजेन्सी : भारत चीनको घराबन्दीमा पर्दै गएको छ भने अर्कोतर्फ उसका छिमेकीहरू टाढिदै गएको देखिएको छ ।
स्न २०१४मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का प्रधानमन्त्रीलाई आफ्नो सपथ ग्रहणमा निम्तो गरेर आफ्ना पूर्ववर्ती सरकारको तुलनामा अलग किसिमको विदेश नीति कोर्ने आश जगाएको देखिएको थियो ।
तर त्यसमा कुनै खास प्रगति भएन् । भारतका छिमेकीहरू एक एक गरी टाढिदै गएको देखियो ।
हालै मात्र नेपाल सरकारले बिमस्टेकका सदस्य राष्ट्रहरूको संयुक्त सैनिक अभ्यासमा सहभागीता नजनाएपछि भारतलाई थप धक्का लागेको विज्ञहरूले चिन्ता व्यक्त गरेकाछन् ।
पाकिस्तानसँग भारतको जटिल र शत्रुतापूर्ण सम्बन्ध त यसको स्थापनाकाल देखिनै छ । तर अन्य देशसँगको राम्रो सम्बन्धलाई पनि भारतले गुमाएकोमा चिन्ता व्यक्त गर्न थालिएको हो ।
भुटानको डोकलाम सीमामा भारतले आफ्नो सेनालाई तैनाथ गरेपछि चीनसँगको सम्बन्ध मात्रै चिसिएन भुटानसँगको सम्बन्ध पनि कमजोर देखियो ।
भुटानले आफ्नो सुरक्षाका लागि भारतले सघाउला कि न सघाउला भन्ने आंशका अब गरिरहने भएको देखिन्छ ।
पाकिस्तानसँको सम्बन्ध सुधार गर्ने नीतिको अभाव रहेको छ । के गर्ने के नगर्ने त्यसको स्पस्ट एवं ठोस नीतिको अभाव मोदी सरकारमा रहेको पूर्व कुटनीतिज्ञ पवन वर्माले बताए ।
भारतीय जनता पार्टीले कांग्रेसको जुन नीतिको विरोध गरी सत्तामा आयोग त्यसलाई कार्यान्वयन गर्न सफलता पाउन नसकेको देखिएको हो ।
प्रधानमन्त्री मोदीले अमेरिकाका लागि सबैलाई दाउमा लगाएका छन् ।
माल्दिभ्समा पनि चीनले वर्चस्व कायम गरिसकेको छ । भारतले दिएको हेलिकप्टर पनि माल्दिभ्सले राख्न अस्वीकार गरेको छ ।
भारतले अमेरिकालाई आफू माथिको प्रतिबन्धबाट उन्मुक्ति दिलाउने पहल गर्ने इरानको अपेक्षालाई पूरा गर्न नसकेको देखिएकै छ ।
भारत भन्दा सानो इरान रहेर अमेरिकाको नाकाबन्दी सहेर भएपनि आफ्नो प्रभावलाई कम हुन नदिएको देखिन्छ । तर भारतले यो गुमाएको छ ।
बंगलादेशमा चीनको सहयोगमा ६ किलोमिटर पुल यो वर्ष तयार हुने अवस्थामा पुगेको छ ।
बंगलादेशको यो पुलले दक्षिणी र उत्तरी क्षेत्रलाई सडक र रेलमार्ग दुबैले जोड्ने भएको छ ।
यो चुनौतीपूर्ण इन्जिनियरिंगमा चीनले सहयोग गरेको हो ।
चीनले ३.७ अर्ब अमेरिकी डलरको रकम मात्रै सहयोग गरेन् ।
इन्जिनियरिंग सहयोग पनि चीनले गरेको हो ।
श्रीलंका र नेपालमा पनि भारतको प्रभाव कमजोर र चीनको प्रभाव बढेको छ ।
श्रीलंकाले चीनलाई आफ्नो हम्बनटाटा बन्दरगाह सुम्पेको छ ।
नेपालमा भारतले अनौपचारिक नाकाबन्दी लगाएर जनताको आक्रोश आफू विरूद्ध बढाएको देखिएकै छ ।
नाकाबन्दी बेला नेपाल भारतबाट टाढिएर चीन तर्फ गएको देखिन्छ ।
नाकाबन्दीका बेला चीनसँग नेपालको केही सम्झौताहरू भए । चीनको योजना वन रोड इन्सिएटिभमा नेपाल सहभागी भयो ।
भुटान बाहेक सबै सार्क देश यो परियोजनामा सहभागीताजनाएका छन् ।
भारतीय पूर्व कुटनीतिज्ञहरूका अनुसार मोदी सरकारको विदेश नीतिमा रणनीति र दूरदृष्टिको अभाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया