लोकपथ टप फिप्टिन हेडलाइन्स : चुनावी तालमेलमा नेताहरुकाे दाैडधुपदेखि लण्डनकाे उखरमाउलाे गर्मीसम्म

लोकपथ
56
Shares

१  राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड ।

२  जनता समाजवादी पार्टीबाट बाहिरिए पनि सत्ता गठबन्धनमै रहन बाबुराम भट्टराईलाई प्रचण्डको आग्रह, माओवादीसँगै सहकार्य गर्न बाबुराममाथि दबाब ।

३  आगामी निर्वाचनमा आवश्यकता अनुसार तालमेल हुनसक्ने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ, आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले श्रेष्ठता हासिल गर्ने दाबी ।

४  कम्युनिष्ट पार्टी फुटेर नभइ जुटेर समाजवाद आउने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको भनाइ, समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको उल्लेख ।

५ स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने यातायातमन्त्री मोहम्मद इश्तियाक राईको भनाइ, नक्कली लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराउने प्रतिबद्धता ।

६  राप्रपा विवादले उग्र रुप लिदैँ , चार नेताले गरे पार्टी परित्याग, अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएको उल्लेख ।

७  दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गराए सरकारको ध्यानाकर्षण, महंगीका कारण जनता आक्रान्त भएको भनाइ ।

८  नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ३२८ परीक्षणमा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना संक्रमणमुक्त ।

९  २ करोड अफर गर्ने अधिवक्ता रूद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले सोध्यो सातदिने स्पष्टीकरण, सात दिनभित्र जवाफ पेस गर्न निर्देशन ।

१०  कर्णालीमा करारका कर्मचारीको सम्झौता नवीकरण नगर्दा विवाद उत्कर्षमा, कतै कार्यपालिका कार्यालय तोडफोड त कतै तालाबन्दी ।

११  निरन्तर उकालो लाग्दै सेयर बजार, नेप्से १६.२७ अंकले बढ्दा २ अर्ब २९ करोडको कारोबार, १३ वटै सूचकमा हरियाली ।

१२  पेरिसको एउटा बारमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु, चार जना घाइते, बन्दुकधारी प्रहरी नियन्त्रणमा ।

१३ लण्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा उच्च तापक्रम मापन, धावनमार्ग पग्लिएपछि उडानहरू स्थगित ।

१४  एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने, बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्दै ।

१५  जाल्टान इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग गरे सम्झौता नवीकरण, नयाँ सम्झौतासँगै जाल्टान २०२३ को जुनसम्म मिलानमा रहने पक्का ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?