एजेन्सी : जलवायु परिवर्तनका कारण चिन्तित वैज्ञानिक तथा पर्यावरणविद्हरूले पर्यावरणका लागि गाई–भैंसी खतरनाक भएको बताएका छन् ।
वायुमण्डलमा हानिकारक ग्यास मिथेनको अधिक मात्रा गाई–भैंसीका कारण भइरहेको उनीहरूको अध्ययन छ ।
गाई–भैंसीको पेटबाट निस्कने ग्यासले मिथेन ग्यासलाई वायुमण्डलमा बढाइरहेको उनीहरू बताउँछन् ।
गाई–भैंसीको पेटबाट निस्कने मिथेन ग्यासलाई रोकन उनीहरूको खानेबानीमा सुधार गर्नुपर्ने देखिएको छ ।
लहसुनलगायतका विभिन्न किसिमको सागपात गाई–भैंसीलाई खुवाउने काम गरिदैंछ ।
अमेरिकाको क्याफिोर्निया विश्वाविद्यालयका वैज्ञािनिकहरूले गाई–भैसीको पेटबाट निस्कने ग्यासलाई कम हानिकारक बनाउने एक शोध पत्र सार्वजनिक गरी उपायको खोजी गरेका हुन् ।
समुद्रमा पाइने वनस्पति खुवाउँदा उनीहरूको पेटबाट निस्कने मिथेनको मात्रा कम हुन सक्नेछ । यसो हुँदा पर्यावरणको सुरक्षा गर्न सकिने उनीहरूले दाबी गरेका हुन् ।
समुद्री वनस्पतिको अध्ययन उनीहरूले एक दर्जन दुध दिन गाईलाई खुवाएर गरेका थिए । सो अध्ययनबाट ५० प्रतिशत मिथेनको मात्रा कम भएको पाइएको छ ।
यो अध्ययनको परिणामबाट आफू चकित भएको बताउँदै पशु वैज्ञानिक अरमियास केब्रियाबले यसको अर्को अध्ययन ६ महिनाका लागि शुरू गर्न लागिएको बताए । आगामी अक्टोबरबाट गाईलाई समुद्री वनस्पति खुवाएर अध्ययन गर्न लागिएको हो ।
मिथेनको मात्र कम गर्न सकिए वायुमण्डलमा हुने कार्बन उत्सर्जनको समस्या समाधानका लागि सकारात्मक असर पर्ने पशु वैज्ञानिक माइकल हुचेन्सले बताए ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले २०१४को प्रतिवेदनमा वनस्पतिमा निर्भर चौपाया दिनभर वनस्पति खाएर पेटबाट निकाल्ने मिथेन ग्यासले पर्यावरणमा गम्भीर समस्या उत्पन्न गरेको जनाएको छ ।
गाडी अथवा कलकारखानाबाट निस्कने धुँवाबाट उत्सर्जन हुने कार्बनडाइअक्साइडका कारण हुने जलवायु परिवर्तनको खतरा भन्दा बढी गाई–भैंसीबाट निस्कने मिथेन ग्यास भएको राष्ट्र संघीय प्रतिवेदनमा उल्लेख छ ।
गाई–भैसीबाट निस्कने मिथेन ग्यासको असर कम गर्न त्यो मिथेनलाई गाडीमा उपयोग गर्ने उपायको खोजी भइरहेको छ ।
दुधको स्वाद कायम राख्दै गाई–भैसीको खानेकुरामा परिवर्तन गर्ने विषयमा पनि छलफल भइरहेको छ ।
मिथेन ग्यास निकाल्ने अन्य देशको गाई भन्दा भारतीय पशुधनले बढी निकाल्ने गरेको जनाइएको छ ।
२०१२मा १९औं पशुधन गणनाका अनुसार भारतमा करिब ५१ करोड गाई–भैसी, बाख्री, भेडा र घोडा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया