ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा अनुमोदन

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । 

सोमबार बिहान मिश्रको संसदीय सुनुवाई भएको थियो । सुनुवाई सकिए लगत्तै संसदीय  मिश्रलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो ।

अब मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?