काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा मंगलबारदेखि काठमाडौंमा नाडा अटो मेला शुरु हुँदैछ ।
हरेक वर्ष आयोजना हुने मेलामा यो पटक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी सहभागीता नहुने भएको छ ।
दुई वर्ष अगाडि बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम सहज भएकाले नाडा अटो शोमा ७ प्रतिशतभन्दा तल झरेर ग्राहकले गाडी किन्नको लागि ऋण पाएका थिए । तर, मंसिरदेखि ऋणको व्याज दोब्बर भएर १४ प्रतिशत भएको थियो ।
मोटरसाइकलबाट अपग्रेड हुन चाहनेहरु धेरै नै हुन्छन् । मासिक १ लाखसम्म आम्दानी गर्नेलाई गाडी किन्न भने सहज नै छ । पहिला गाडी किन्न बैंकबाट ९० प्रतिशतसम्म ऋण पाइने भए पनि अहिले भने ६५ प्रतिशतसम्म मात्र ऋण पाइने गरेको छ । जसअनुसार २० लाखसम्म पर्ने गाडी खरिदको लागि १३ लाख रुपैयाँ बैंकबाट ऋण पाइन्छ भने ७ लाख रुपैयाँ आफुले लगानी गर्नुपर्छ ।
बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने ब्याजदरमा सस्तो र महंगो छुट्टउन हरेक बैंकहरुको कर्जाको आधार दर हर्नु जरुरी छ । बैंक अनुसार कसैले १ प्रतिशतमात्र ब्याज लिनेगर्छन् भने कसैले ५ प्रतिशतसम्म जोडेर ब्याजदर लिने गरेका छन् ।
बैंकले त्यो भन्दा कम ब्याजदरमा ऋण भने दिनसक्छन् । बैंकले विभिन्न गाडी कम्पनीसँग सम्झौता गरेर छुट्टै खालको स्किम पनि ल्याएको हुँदा यो रेट भने फरक भने पर्न सक्छ । केही बैंकले ७ वर्षे अवधीको लागि अटो लोन दिने गरृका छैनन् ।
सबैभन्दा कम बेसरेट राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट गाडी खरिद गर्दा मासिक इएमआई २१ हजार ७१६ रुपैयाँ हुने गरेको असार मसान्तको रिर्पोटले देखाएको छ ।
गत आर्थिक वर्षमा नेपालमा १ खर्ब रुपैयाँ गाडी तथा त्यसको पाटपुर्जाको आयात भएको थियो । असार मसान्तसम्मको तथ्यांक अनुसार हायर पर्चेज शिर्षक अन्तर्गत बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७१ अर्ब रुपैयाँ ऋण दिएका छन् ।
जसमा व्यवसायिक प्रयोजनका लागि १ खर्ब ७ अर्ब रुपैयाँ तथा निजी प्रयोजनका लागि ६३ अर्ब रुपैयाँ ऋण गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया