निर्मला बलात्कारपछि हत्या प्रकरण : छानबिन समितिका सदस्य केसीले दिए राजीनामा

काठमाडौं । बलात्कारपछि हत्या भएको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिएका छन् । 

सोमबार पत्रकार सम्मेललन गरी प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले राजीनामा दिएको घोषणा गरेका हुन् । 

उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका थिए ।

उनले भने, ‘१५ दिन भित्र डीएनए टेष्टको रिपोर्ट र प्रतिवेदनको मस्यौदा पेश नगरेमा हुन सक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने छ । मेरो धारणा र तथ्य ओझलमा पर्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँको हुँ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?