एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा सात जना घाइते भएका छन् ।
छुरा प्रहारमा घाइते भएका मध्य चारजनाको अवस्था गम्भिर भएको बीबीसीले जनाएको छ । घाइते हुनेमा दईजना बेलायती पर्यटक पनि रहेका छन् ।
बीबीसीका अनुसार पेरिसको एक बैंक नजिक भिडभाड भएको स्थानमा छुरा प्रहार भएको हो ।
सोही स्थानमा बल खेलिरहेका बीसजना मानिसहरुले छुरा प्रहार गर्ने ब्यक्तिलाई बलले हानेर रोक्ने प्रयास गरेका थिए । पाँचवटा बल छुरा प्रहार गर्ने ब्यक्तिको टाउकोमा लागेको थियो ।
छुरा प्रहार गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । यो आतंकवादी हमला भने नभएको प्रहरी जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया