अमेरिकन गायिका लेडी गागा अब नायिका

अमेरिका । चर्चित अमेरिकी गायिका लेडी गागा अब नायिका बन्ने भएकी छिन् । 

क्यानडामा भएको टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिबलमा बोल्दै उनले ब्राडले कोपेरले रिमेक गरेको चलचित्र ‘ए स्टार इन बर्न’बाट डेब्यु गर्दैछिन् ।

उनले  भनिन् ‘म नायिका बनेर प्रशिद्ध हुन चाहान्न’ । स्टेफानी जोहान एन्जेलिना जर्मन्ट्टा रियल नाम भएपनि उनी ‘लेडी गागा’ले परिचित छिन् । गायिका, गितकार हुँदै अब चाडैं नै चलचित्रमा समेत उनी देखा पर्दैछिन् ।

३२ वर्षिया पप गायिका लेडी गागाले रेकर्ड दि फेमबाट सांगितिक यात्राको प्रारम्भ गरेकी थिइन् । उनले गाएको दि फेममा समावेश गि पोकर फेस, ब्याड रोमान्स, बर्न दिस ओए, जस्ट डान्स लगायतका सुपर हिट गितहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?