फ्रान्स । स्पेनी क्लब रियल म्याड्रिडका पुर्व प्रशिक्षक जिनेदिन जिदानले इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेडमा जान चाहेको बताएका छन् ।
उनले सोमवार एक टेलिभिजनसँग कुरा गर्दै इंग्लिस क्लब युनाइटेडले प्रस्ताव राखेमा ओल्डट्रोफोर्डको जिम्मेवारी समाल्ने बताएका हुन् । जिदानले च्याम्पियन्स लिगको तेस्रो पटक उपाधि रियल म्याड्रिडलाई दिलाएर क्लब छाडेका थिए ।
उनले चाडै प्रशिक्षणमा फर्कने बताएका छन् । हाल प्रिमियर लिगमा खराव लयमा रहेको युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेमा उनको रिप्लेसमेन्टमा जिदान पहिलो रोजाइ पर्न सक्छन् ।
अबको ट्रान्सफरमा जिदानले आफुसँगै क्लवमा केहि खेलाडीलाई पनि ल्याउने तयारी गरेका छन् । जसमा टोनी क्रोस, थिएगो एल्कान्त्रा, हामेस रोद्रिगुइज र एडिन्सन काभानी रहेका छन् । ४६ बर्षिया जिदान फ्रान्सका पुर्व मिडफिल्डर हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया