प्रभु बैंकका ग्राहकले स्टार हस्पिटलमा आकर्षक छुट पाउने

लोकपथ
35
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल लि.का बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटल प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले स्टार हस्पिटल लिद्वारा सञ्चालित सेवा मध्य बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ ।

उक्त सम्झौताअन्तर्गत स्टार हस्पिटल लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, स्टार हस्पिटलका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?