कुमारी बैंकका ग्राहकले होटेल ए-१ लभली स्टारमा छुट प्राप्त गर्ने

लोकपथ
21
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए-१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहक हरुलाई होटेल ए-१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए-१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५ प्रतिशत र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?