काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बिहीबार बिफ्रिङ गरेर शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।
राष्ट्र बैंकले यस वर्ष कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीति ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया