पुतलिसडकस्थित स्टार मलमा एटुजेट अनलाईन बजार खुल्यो

काठमाडौं । काठमाडौंको पुतलिसडकस्थित स्टार मलमा ताम्राकार कम्प्लेक्सको एटुजेट अनलाईन बजारको उद्घाटन भएको छ । 

मुख्य शाखा ताम्राकार कम्पलेक्सको एटुजेट अनलाईन बजारको आयोजनामा ग्राहक वर्गहरुको सुविधालाई मध्यनजर गर्दै अर्को शाखा गत साता पुतलिसडकस्थित स्टार मलमा उद्घाटन गरिएको हो । 

उक्त उद्घाटनमा मोबाइल, ल्यापटप, टिभी तथा आधुनिक टेक्नोलोजीसँग रमाउने ग्राहकहरुका साथै घरायसी इेलेक्ट्रोनिक्स समानहरुमा रुची भएका ब्यक्तिहरु सहभागी हुने अपेक्षा गरीएको छ । 

मोबाईल, ल्यापटप तथा अन्य वस्तुहरुको नयाँ टेक्नोलोजीहरुका साथै उच्चतम आय श्रोतदेखी न्युन आय श्रोत भएका व्यक्तीहरुले चाहेको वस्तु उपलब्ध गराउने गरी एटुजेट अनलाइन बजारमा ल्याइएको हो । साथै बैंकहरुको सहकार्यमा मासिक किस्ता बुझाउन मिल्ने गरी एलेक्ट्रोनिक्स समानहरु सजिलै लैजान मिल्ने गरी किस्ता बन्दिको सेवा समेत रहेको छ । 

त्यस्तै अनलाइन वेबसाइट मार्फत पनि सबै किसिमका इेलेक्ट्रोनिक्स सामानहरु खरिद गर्न सकिने सेवा उपलब्ध छ । 

यही असोज १ गतेदेखि स्टार मलमा हुन गइरहेको मोबाईल तथा ल्यापटप मेलामा ग्राहकहरुले पुरानो मोबाईल, ल्यापटप साटेर नयाँ मोबाईल र ल्यापटप लिन सक्ने पनि बताइएको छ । 

सोरुमको उद्घाटन गर्दै समाज सेवी एवं नेपाल थालसमिया समाजकाका अध्यक्ष  दुर्गा पाठकले आफ्नो मन्तब्य राख्दै एटुजेड अनलाइन बजारका अध्यक्ष बिकास भण्डारी बधाई तथा शुभकमा समेत दिए । साथै एटुजेड अनलाइन बजारका अध्यक्ष भण्डारीले आफ्नो मन्तब्यमा अब नेपाल थालसमिया समाजलाई वार्षिक आम्दानिको ५ प्रतिशत रकम सहयोग गर्ने जानकारी गराए ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?