१ वर्तमान सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको टिप्पणी ।
२ नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त, सचेतकको जिम्मेवारी मीनबहादुर विश्वकर्मालाई ।
३ संघीय निर्वाचनमा पार्टीको सिट बढ्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दाबी, एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको उल्लेख ।
४ गठबन्धन रहेपनि एमाले चुनाव जित्न सक्षम रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको दाबी, राजनीतिमा साना दल हावी भए मुलुकले सही बाटो नसमात्ने तर्क ।
५ प्रधानमन्त्री देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको भन्दै संसदमा कड्किए सांसद नरबहादुर धामी, पाँच पटक प्रधानमन्त्री बनेपनि देउवाले सुदूरपश्चिमका लागि केही नगरेको आरोप ।
६ न्यायपालिकालको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीको माग, न्याय दिन ढिलाई गर्न नहुने प्रतिक्रिया ।
७ छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्नेमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको जोड, ज्येष्ठ नागरिकलाई कसैले दुर्व्यवहार गर्न नपाउने भनाइ ।
८ छिट्टै पर्यटन पुर्नउत्थान कार्यक्रम घोषणा गर्नुपर्ने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको भनाइ, पुनर्उत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र प्रवर्द्धन हुने दाबी ।
९ राष्ट्रसंघको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी, भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु ।
१० नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लाग्दै, पछिल्लो २४ घण्टामा ३ हजार ९८१ जनाको परीक्षण गर्दा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जना संक्रमणमुक्त ।
११ उतारचढावका बीच बुधबार पनि बढ्यो सेयर बजार, नेप्से ४ दशमलब ८९ अंकले बढ्यो, कारोबार रकम भने बढ्न सकेन ।
बढ्यो सेयर बजार
१२ श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित, विक्रमासिंघेले १३४ मत प्राप्तगर्दा उनका निकटतम प्रतिद्वन्द्वी अलाहपेरुमाले पाए ८२ मत ।
१३ अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट समलिंगी विवाहलाई मान्यता दिने विधेयक पारित, विधेयक सिनेटबाट पारित हुन्छ वा हुन्न भन्ने अनिश्चिता ।
१४ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले दिए राजीनामा, क्रिकेट टिममा जति गरेपनि आफूले सोचे जति एकता ल्याउन नसकेको स्वीकार ।
१५ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठन गरिएको १४ उपसमिति मध्येमा १२ उपसमितिको संयोजक र सचिवहरु तोकिए, बाँकी दुईको पनि छिट्टै तोकिने राखेपका सदस्य सचिव टंकलाल घिसिङको भनाइ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया