काठमाडौं । नेपाली यु–१९ राष्ट्रिय टोली एकदिवसीय क्रिकेट शृंखला खेल्न भारतको लखनउ प्रस्थान गरेको छ ।
नेपाली यु–१९ खेलाडीसहितको टोली सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको लखनउ प्रस्थान गरेको हो । लखनउ प्रस्थान गर्नेहरुमा १५ खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र टिम म्यानेजर गरी १८ सदस्यीय टोली रहेका छन् ।
भारतीय क्रिकेट बोर्ड ‘बीसीसीआई’को निमन्त्रणामा हुन लागेको शृंखलामा नेपालले भारतका दुई टोलीसँग तथा अफगानिस्तानसँग खेल खेल्ने कार्यक्रम रहेको छ ।
नेपालले बुधबार भारतको यु–१९ को ‘बी’ टिमसँग खेल्नेछ । बिहिबार भारतको ‘ए’ तथा आइतबार अफगानिस्तानसँग भिड्नेछ । नेपाली टोलीले यहि सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीको रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया