एजेण्डामा प्रवेश नै नगरी एन्फा कार्यसमिति बैठक स्थगित

लोकपथ
63
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एजेण्डामा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

एन्फाले कार्यसमिति बैठकका लागि १८ एजेण्डा तय गरिएको थियो ।

विवादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेण्डा रहेको थियाे ।

पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?