सुविनको उपन्यास ‘प्रिय सुफी’, प्रचारका लागि ट्रेलर (भिडियो)

काठमाडौं । सुविन भट्टराई युवापुस्तामाझ लोकप्रिय लेखक हुन् । असोजको पहिलो साता सुविनको ‘प्रिय सुफी’ रिलिज हुँदैछ । यसैको जानकारी दिन उपन्यास ‘प्रिय सुफी’ को ट्रेलर समेत बनेको छ ।

आशा र प्रेमको कथा भनिएको यो उपन्यासको ट्रेलरमा प्रेम र जीवनलाई अभिव्यक्त गर्न खोजिएको छ । ट्रेलरलाई शिवानी सिंह थारुले निर्देशन गरेकी हुन् । केही समयअघि मात्र थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’ सार्वजनिक भएको थियो ।

ट्रेलरमा रोजिशा शाही ठकुरी र आजर्श ढुंगानालाई देखाइएको छ । रोजिशालाई सुफीको भूमिकामा देखाइएको छ ।

उपन्यासलाई फाइनप्रिन्टले बजारमा ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?