काठमाडाैंको ज्याठा जल्दै, ५ वटा दमकलले पनि अागो निभाउन सकेन

काठमाडौँ : संघीय राजधानीको पर्यटकीय क्षेत्र ज्याठामा भीषण अागो लागेको छ । अाज (मंगलबार) बिहानदेखि शूरू भएको अागलागी अहिलेसम्म नियन्त्रणमा अाउन नसकेको स्थानीय अशोक श्रेष्ठले जानकारी दिए  । 

अागो निभाउन अहिले काठमाडाैं उपत्यकाका सवै दमकलहरू ज्याठा क्षेत्रमा परिचालन गरिएको छ । तर अझै अागो नियन्त्रणमा अाउन सकेको छैन । 

जमलस्थित यल्लो प्यागोडा होटलको अगाडीबाट छिर्ने सानो बाटोमा पर्ने एक घरबाट अागलागी शुरू भएको अनुमान प्रहरीले गरेको छ । अागलागी शुरू भएको भनिएको घर र अर्को एउटा घर जलेर क्षतिग्रस्त भएको छ भने सँगैको अर्को घरमा पनि क्षति पुगेको छ ।

अागलागी भएका घरहरूमा हिमाल अारोहणका लागि प्रयोग गरिने अक्सिजन सिलिन्डर रहेको र त्यस्तो सिलिण्डर बिहानदेखि विस्फोट भएको थियो । लगातार सिलिन्डर पड्कँदा ज्याठा, ठमेल र क्षेत्रपाटीका स्थानीयबासिन्दा घर छाडेर भागेका थिए । 

अागलागीबाट बच्न झ्यालबाट हामफाल्दा २ जना घार्इते भएको र उनीहरूलार्इ उपचारका लागि अस्पताल पठार्इएको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?