लोकपथ टप फिप्टिन हेडलाइन्स : जनार्दन शर्मासँग सवाल जवाफदेखि सभामुखको रुलिङसम्म

लोकपथ
42
Shares

१ संसदीय समितिमा जनार्दन शर्मासँग तीन घण्टा सवाल जवाफ, बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको शर्माको प्रष्टोक्ती, छानबिन गर्न अझै थपियो ७ दिन ।

२ एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको रुलिङ, नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन ।

३ मूल्यवृद्धिविरुद्ध कुरा गर्दा ट्रोल बनेपछि सरकारलाई प्रदिप ज्ञवालीको कटाक्ष, मूल्यवृद्धि नियन्त्रण गर्न वर्तमान सरकारसँग कुनै योजना नभएको आरोप ।

४ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिमा ४९ जना सदस्य थपिए, पूर्ण समानुपातिक सांसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको मोडल एजेण्डामा समावेश ।

५ मलेसिया, साउदी र कतार लगायतका खाडी मुलुकमा अलपत्र बन्दै नेपालीको शव, श्रममन्त्री नै भन्छन् शव ल्याउन कठिन ।

६ सरकारले चियालाई बेवास्ता गरेको भन्दै संसदमा कड्किए झलनाथ खनाल, चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको जिकिर ।

७ डोटीका ३ पालिकामा मदिरा निषेध । सेवन र बिक्री गर्नेलाई ४० हजार जरिवानासहित ढुङ्गा बोकाइने ।

८ अझै सुध्रिएन नेपालको पासपोर्टको अवस्था, विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थानमा ।

९ निर्वाचन आयोगमा ‘चिया पार्टी’ नामको दल दर्ता गर्न पुगेपछि निर्वाचन अधिकारीहरु नै चकित, आयोगले भने उक्त पार्टी दर्ता नगरी फर्कायो ।

१० काठमाडौंको एक गोदाममा प्रहरीको छापा, १ करोड बराबरको अवैध सामान बरामद, गोदाम मालिक प्रहरी नियन्त्रणमा ।

११ नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै, पछिल्लो २४ घण्टामा मात्रै थपिए ४३५ जनामा संक्रमित, ५६ जना कोरोना संक्रमण मुक्त ।

१२ गत सातादेखि लगातार उकालो लागिरहेको सेयर बजारमा बिहीबार सामान्य करेक्सन, एक अर्ब ६४ करोडको कारोबार ।

१३ श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका रनिल विक्रमासिंघेले लिए सपथ, देशको अर्थतन्त्रलाई लयमा ल्याउनु सिंघेको मुख्य चुनौती ।

१४ अध्यक्ष पंकज नेम्वाङले बैठक कक्षबाट बाहिरिएपछि एजेण्डामा प्रवेश नै नगरी एन्फा कार्यसमिति बैठक स्थगित, अन्तराष्ट्रिय विभाग प्रमुखबाट नविन पाण्डेलाई हटाउन माग गर्दै निवेदन ।

१५  भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा आयुष घलानले नेपाली टोलीको कप्तानी गर्ने, ९ गतेबाट सुरु हुने च्याम्पियनसिपको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग भिड्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?