पुष्पखेती विस्तारमा जोड

काठमाडौं : पुष्पखेतीको विस्तारका लागि सामुदायिक वन उपयोगमा सम्बद्ध सरोकारवालाले जोड दिएका छन् ।

राजधानीमा सोमबार काठमाडौंमा फलोरिकल्चर एसोसिएसन नेपाल(फयान) को २६ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश नम्बर ३ का कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले पुष्पखेतीको विकास र विस्तारका लागि सामुदायिक वन, सार्वजनिक र पर्ति जग्गा उपयोगमा ल्याइनुपर्ने बताए ।

उनले भने “ पुष्पखेतीको प्रचुर सम्भावना रहेकाले यसमा ध्यानदिनुपर्छ ।”

सामुदायिक वनमा उत्पादन जडीबुटी, कृषिका सामाग्री तथा फूलफूल उत्पादन गर्न सकेमा कृषि वस्तुको लागत मूल्य घट्न सक्ने बताउँदै उनले  अन्तराष्ट्रिय बजारसमेत नेपाली पुष्प प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे । 

 कृषि प्रधान मुलुकमा फलफूल विदेशबाट आयात गरिनु विडम्वनापूर्ण रहेको बताउँदै उनले  हरेक खेती सामूहिक खेती प्रणालीमा गर्नुपर्ने बताए । उनले भने “ सामुहिक खेती प्रणालीको विकासको विकल्प छैन् ।”

कृषियोग्य भूमि घट्दै गएको र कृषि मजदुर विदेशिदै गएको अवस्थामा कृषियन्त्रीकरण गर्नुपर्ने उनले जनाए ।

प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. विजयचन्द्र झाले  पुष्प व्यवसायको प्रवद्र्धनका लागि प्रदेश सरकारले प्रवद्र्धनमुखी कार्यक्रम अघि बढाएको जनाए । पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्लेले कृषिमा कर लगाउन नहुने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?