काठमाडौं । दुबईमा सोमबार भएको अक्सनमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नान्गहर क्लबले १५ हजार डलरमा लिएको छ ।
लामिछाने अफगानिस्तान प्रिमियर लिग (एफपीए)मा आवद्ध भएको हो । सन्दीपलाई आइसीसी एशोसियट राष्ट्र अन्तर्गत अनुबन्ध गरेको हो भने ड्राफ्टमा रहेका नेपाली कप्तान पारस खड्का र सोमपाल कामीलाई अक्सनबाट लिलामी हुन् सकेनन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएको प्रतियोगितामा ४० भन्दा बढी विदेशी खेलाडीले भाग लिएका थिए ।
अक्सनको क्याटागोरी आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसिसी एसोसिएट र इमर्जिङ गरी ६ श्रेणी निर्धारण गरिएको थियो ।
पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछ ।
सन्दीपले रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान छन् ।
संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा अक्टोबर ५ देखि २१ सम्म प्रतियोगिता हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया