साफ यु-२० फुटबल खेल्न भारत प्रस्थान गर्ने टोलीको बिदाइ

लोकपथ
77
Shares

काठमाडौं । भारतमा आगामी साताबाट सुरु हुने यु-२० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारको बिदाइ गरिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमकबीच राष्ट्रिय खेलुकद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरहादुर खड्का लगायत एन्फा कार्यसमितीका सदस्यले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

नेपाली टोली आज दिउँसो भारत प्रस्थान गर्नेछ । एन्फाले सोमबार प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिम प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान रहेका छन् ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ ।

दोस्रो खेल २७ जुलाईमा श्रीलंका र तेस्रो खेलमा ३१ मा जुलाई भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यु-२० टिम :

गोलकिपर : ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख

रक्षक : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डर : आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,

स्ट्राइकर : रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?