गरिमा विकास बैंकले ग-यो १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंकले हालै कायम गरेको चुक्ता पूँजीको कुल १३.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकले आफ्नो शेयरधनीहरुलाई गत वर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ छ । बैंकको प्रति शेयर नेटवर्थ १ सय २८ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १०.५४ गुणा बढी छ ।

अघिल्लो वर्ष बैंकले १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?