ओरालो लाग्दै आएको शेयर बजार थामियो

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार मंगलवार भने थामिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.७७ बिन्दुले बढेर एक हजार २१७.६५ बिन्दुमा पुगेको छ । 

त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.८५ बिन्दुले बढेर २५८.०१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार मंगलवार कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १६७ कम्पनीको १० लाख ९७ हजार ९११ कित्ता शेयर  ३३ करोड ३२ हजार ७६३ मूल्यमा खरिद बिक्री भएका छन् । 

दुई उपसमूहको शेयर ओरालो लागे पनि अरु उपसमूहको शेयर उकालो लाग्दा बजारमा सकारात्मक प्रभाव परेको हो । वित्त क्षेत्र ०.२६ र निर्जीवन बीमा ६५.२८ बिन्दुले घटेको छ । त्यस्तै बैंकिङ ७.२३, व्यापार ०.८४, होटल ४९.४८, विकास बैंक १५.६४, जलविद्युत २.८५, उत्पादन २४.७, अन्य ३.७२, माइक्रोफाइनान्स ११.८ र जीवन बीमा १८.६३ बिन्दुले बढेको छ ।

किसान माइक्रोफाइनान्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मंगलवार कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक लगानीकर्ताले गुमाएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?