पोखरा । न्यु डायमण्ड एकेडेमी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्ड एकेडेमीले चितवन टाइगर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईको स्थान तय गरेको हो ।
न्यु डायमण्डले टाइगर्सलाई खेलको पहिलो सेटमा २५–१८ ले, दोस्रो सेटमा २५–२४ र २५–१७ ले पराजित गरेको थियो । अब उपाधिका लागि न्यु डायमण्डदले विभागिय क्लब शसस्त्रको एपीएफ र त्रिभुबन आर्मी क्लबसँगको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यो प्रतियोगिताको विजेताले एक लाख र उपबिजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई बिभागिय क्लब एपिएफ र आर्मी सहित ५ टोली सहभागि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया