निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणः बिष्टलाई रिहा गर्न अदालतको आदेश

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अभियोगमा प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टलाई जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ ।

अदालतले मुद्दा चलाउने प्रमाण नभेटिएको भन्दै विष्टलाई परिवारको जिम्मा लगाउने र आवश्यक परेको खण्डमा उपस्थित गराउने गरी छोड्न आदेश दिएको हो ।

घटनास्थलबाट डीएनए परीक्षणका लागि लिइएको नमुना विष्टसँग नमिलेपछि अदालतले थुनामा नराख्न आदेश दिएको हो । साथै अदालतले प्रहरी हिरासतमा रहेका बम दिदीबहिनीलाई पनि रिहा गर्न आदेश दिएको छ । बम दिदीबहिनीलाई ३० हजार धरौटीमा रिहा गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?