लाेकपथ टप फिप्टिन हेडलाइन्स : मौद्रिक नीतिदेखि नागरिकता विधेयकसम्म

लोकपथ
63
Shares

१ चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक , कोभिडकालमा दिएको सुविधा कटौती, ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य ।

२ ‘फास्ट ट्रयाक’ बाट नेपाली नागरिकता विधेयक पारित गराउने दाउमा सरकार, कार्यसूचीबाट सबै विषय हटाइ नागरिकता विधेयक मात्र राखियो, विधेयकको विभिन्न प्रबधानप्रति प्रतिपक्षको असन्तुष्टी कायमै ।

३ आम निर्वाचनको मिति चाँडै घोषणा गरिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाउन सञ्चारकर्मीलाई आग्रह ।

४ प्रदेश १ को नामकरणका लागि बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गियो, तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन ।

५ नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन आजबाट हेटौंडामा सुरु, झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेशनमा संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन ईतर पक्षबाट शिव लम्सालल सभापतिको रेसमा ।

६ मौद्रिक नीतिले समस्यामा परे घरजग्गा व्यवसायी, सेयर लगानीकर्तालाई भने राहत, घरजग्गा धितोमा पाइने कर्जामा कडाइ, सेयर धितो कर्जाको सीमा १२ करोड रुपैयाँ कायम ।

७ निर्वाचन आयोगले दर्ता गर्न नमानेपछि ‘चिया पार्टी’ पुनर्जागरण पार्टी नेपालमा परिवर्तन, चुनाव चिन्ह ‘वाईफाई’ प्रस्ताव ।

८ पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि, ८० जना कोरोना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या दुई हजार ८४१ पुग्यो ।

९ जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै बलात्कारको प्रयास गरेको आरोपमा लहानका उपमेयरविरुद्ध जाहेरी दर्ता, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको भनाई ।

१० बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर बढायो, उपत्यका बाहिरका क्षेत्रको भाडा यसअघिको भन्दा ८ दशमलव ३९ प्रतिशतले बढ्यो ।

११ साताको अन्तिम कारोबार दिन पनि घट्यो सेयर बजार, नेप्से परिसूचक २७ दशमलव २६ अंकले घट्दा एक अर्ब ४४ करोड रुपैंयाको कारोबार, सबै सूचक राताम्य ।

१२ श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त, शुक्रबार नै लिए पद तथा गोपनियताको शपथ ।

१३ लिबियाको राजधानी त्रिपोलीमा प्रतिद्वन्द्वी गुटहरूबीच भएको झडपमा कयौंको मृत्यु भएको आशंका, झडपको बारे अनुसन्धान गर्दै लिबिया सरकार ।

१४ साफ यु–२० च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान, च्याम्पियनसिपको पहिलो खेल साउन ११ गते श्रीलंकाबिरुद्ध खेल्ने ।

१५ र अखिल नेपाल फुटबल संघ एन्फाद्धारा राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त, थापाले २१ भदौदेखि हुने छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपका लागि प्रशिक्षण दिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?