बुटवल । लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेको जानकारी दिएका हुन ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम ९३० बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरिएको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया