१८ घण्टापछि खुल्यो मुग्लिङ-नारायणगढ सडक

मुग्लिङ : तीन स्थानमा पहिरो खसेपछि मंगलबार बिहानदेखि अवरूद्ध भएको मुग्लिङ-नारायणगढ सडक १८ घण्टापछि एकतर्फी सञ्चालनमा अाएको छ । 

मुग्लिङ प्रहरीका अनुसार यो सडकमा सोमबारदेखि नै पहिरोका कारण सवारीसाधन रोकिएका थिए । सोमबार बिहान पनि पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा थियो । 

यो सडकखण्डको चार किलो भन्ने ठाउँमा ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भर्इरहेको चितवन प्रहरीले जानकारी दिएको छ । 

मंगलबार दिनभरी जाम भएका कारण कुरिनटार क्षेत्रसम्म सवारीसाधनको दोहोरो लार्इन थियो । सडक अवरूद्ध भएपछि तीज मनाउन मार्इत हिँडेका महिलाहरू बीच बाटोमै अलपत्र परेका थिए ।

मुग्लिङ-नारायणगढ सडकखण्डको २९ स्थानमा पहिरोको जोखिम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?