एजेन्सी : अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखरे अर्को वार्ताका लागि गरेको आग्रह अनुरूप तयारी थालेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले किमको पत्र आएको जनाउँदै यसबारे पहल अगाडि बढेको जनाएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले किमले ट्रम्पलाई पठाएको पत्र एकदमै न्यानो भएको र निःशस्त्रीकरणप्रति केन्द्रित भएको बताइन् ।
उनले पत्रबाट उत्तरो कोरियाले प्रतिबद्धतालाई निरन्तरता दिएको देखिएको बताइन् ।
उनले भनिन् –“ पत्रको प्राथमिकता अर्को वार्ताका लागि आग्रह र मिति हेर्नु रहेको छ, त्यसका लागि हामी खुला छौं र त्यसबारे समन्वय गर्न थालिसकेका छौं ।”
तयारी थालिएको संकेत गरेपनि उनले अर्को बैठक सम्भवतः कहिले हुने विषयमा केही खुलाइनन् ।
यो समाचारलाई स्वागत गर्दै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले भने “ कोरियाली प्रायःद्वीपको निःशस्त्रीकरण यस्तो विषय हो जसलाई उत्तर कोरिया र अमेरिकाबीचको वार्तामार्फत् आधारभूत रूपमा सम्बोधन गर्नुपर्छ ।“
ट्रम्प र किमबीच गत जुनमा सिंगापुरमा सम्पन्न भएको शिखर बैठक गराउन मूनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
अर्को हप्ता प्योङयाङमा किम र मूनबीच तेस्रो चरणको प्रत्यक्ष वार्ता हुने कार्यक्रम तय भएको छ ।
संयुक्त राष्ट्रसंघका प्रमुख परमाणु अनुगमनकर्ता युकिया अमानोले उत्तर कोरियाका जारी परमाणु गतिविधिले राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावको उल्लघंन गरेको आरोप लगाकै अर्को दिन
उत्तर कोरियाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएको पत्रबारे खबर सार्वजनिक भएको हो ।
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई उत्तर कोरिया जानबाट प्रतिबन्ध लगाइएको छ ।
यसअघि उत्तर कोरियाले राष्ट्रिय दिवसको अवसरमा क्षेप्यास्त्रहरूको प्रदर्शन गरेको थिएन् ।
त्यो प्रदर्शनमा भएको सैनिक सैनिक परेडबारे ट्रम्पले सकारात्मक रूपमा लिएर ट्विटरमाफैत किमलाई धन्यवाद दिएका थिए ।
ट्रम्पले ट्विटेका थिए “धन्यवाद अध्यक्ष किम ! हामी दुवैजनाले सबैलाई गलत साबित गर्नेछौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया